सीआईबीले प्रतिवेदन बुझायो



काठमाडौं, (नेस) । ऋण दूरूपयोगसम्बन्धी पक्राउ परेका बीओकेका पूर्वसीईओको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ।

५० दिन लामो अनुसन्धानपछि मंगलबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो।

किर्ते कागज बनाएर साढे दुई करोड रुपियाँ हिनामिना गरेको आरोप लगेका बैंक अफ काठमाण्डूका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। सीआईबीले १९ जनामध्ये १६ जनाको प्रतिवेदन सरकारी वकिललाई बुझाएको हो।

प्रहरीले ऋणी सुरेन्द्र श्रेष्ठ, भूपेन्द्र श्रेष्ठ तथा बैंकका पाँच कर्मचारीहरू किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, गणेश लम्साल र पुष्पराज भण्डारीलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले अझै पाँच आरोपित फरार रहेको जनाएको छ।

फरार हुनेमा ऋणी श्रेष्ठकी श्रीमती कल्पना शाहीसिंह श्रेष्ठ, मोरङका प्रेमप्रसाद पाण्डे, पाँचथरका भेषराज खत्री, बझाङ घर भई काठमाडौं बस्दै आएका मीनासिंह विष्ट, काठमाडौंका सुनेना सेलालिक रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्