ईपीएसले मनायो ५२औं स्थापना दिवस



एनके सिंह मेमोरियल (ईपीएस) स्कुलले स्थापनाको ५२औं स्थापना दिवस मनाएको छ। सो अवसरमा विद्यालयले वरिष्ठ शिक्षासेवी तथा संस्थापक प्रिन्सिपल स्वर्गीय एनके सिंहको जन्मजयन्ती विविध सांस्कृतिक मनायो।

कार्यवक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सिम्रिक एयरलायन्सका अप्रेसन डाइरेक्टर सिनियर पाइलट क्याप्टेन अनिल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा एसईई–२०७५ मा सहभागी भई सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीलाई सम्मान गरियो भने उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई एनके सिंह स्मृति शिक्षा पुरस्कार, प्रमिला सिंह शिक्षा पुरस्कार र सुरेन्द्रतारा शिक्षा पुरस्कारद्वारा सम्मानित गरियो।

कार्यक्रममा विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने अमोघ अधिकारीलाई १० हजार नगद र सम्मानपत्रद्वारा सम्मानित गरियो। त्यस्तै आशिका बस्नेत, प्रमिशा खतिवडा, सम्वृद्धि अर्याल, स्मारिका मरासिनी र नेहा मगरलाई ५ हजार रुपियाँ र सम्मानपत्रद्वारा सम्मानित गरियो।

उक्त पुरस्कार विद्यालयका संस्थापक प्रिन्सिपल स्वर्गीय एनके सिंहको स्मृतिमा स्थापना भएको हो। यो पुरस्कार प्रत्येक वर्ष माध्यमिक शिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रदान गरिएको थियो।

त्यस्तै प्रमिला सिंह शिक्षा पुरस्कार–२०७६ बाट अमोघ अधिकारीलाई ५ हजार रुपियाँ र सम्मानपत्र प्रदान गरियो। सो पुरस्कार एलआरआई स्कुलका संस्थापक निर्देशक शिवराज पन्तले स्थापना गर्नुभएको हो।

यो पुरस्कार प्रत्येक वर्ष माध्यमिक शिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने एक विद्यार्थीलाई प्रदान गरिन्छ। सो कार्यक्रममा सुरेन्द्रतारा शिक्षा पुरस्कार–२०७६ बाट अमोध अधिकारीलाई नै सम्मानित गरियो। अधिकारीले सो विद्यालयबाट एसईई परीक्षामा ३ दशमलब ९० जीपीए ल्याएका थिए।

सुरेन्द्रतारा पुरस्कार डा. सुरेन्द्र प्रधानाङ्गकी श्रीमती ताराले २०७४ सालदेखि सुरेन्द्रतारा शिक्षा पुरस्कारको थालनी गर्नुभएको हो। भिलेज टुरिजमको अवधारणा उहाँले नै अगाडि सार्नुभएको हो।

हाल भिलेज टुरिजमको विकसित रूप हामी होम स्टेलाई लिन्छौं। उहाँ फादर अफ भिलेज टुरिजम अफ नेपालबाट समेत विभूषित हुनुहुन्छ।

विद्यालयले यो वर्ष अधिकारीलाई नै माउन्टेन फ्लाइटको टिकटसमेत प्रदान गरिएको छ। प्रत्येक वर्ष एसईईमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीलाई दिइनेछ।

सो पुरस्कार सिम्रिक एयर लायन्सले उपलब्ध गराइदिएको हो। ईपीएस विद्यालयले २५ वर्ष पूरा गरेका शिक्षक र कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान’बाट सम्मान गरियो।

यस वर्ष सो सम्मानद्वारा कर्मचारीतर्फ मुख्य सवारी चालक नेपाल सिं तामाङ र हेड कुक नवराज कार्की सम्मानित गरियो।

कार्यक्रममा विद्यार्थी तथा शिक्षक कर्मचारीलाई सम्मान गर्दै विशिष्ट अतिथि तथा कामपा ३१ का वडा अध्यक्ष नारायण भण्डारीले ईपीएस विद्यालय तात्कालीन समयमा विभिन्न आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगेको र विद्यालयले समाज तथा राष्ट्र रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।

कार्यवक्रममा विद्यार्थी तथा शिक्षक कर्मचारीलाई सम्मान गर्दै प्रमुख अतिथि तथा काठमाडौं महानगर पालिकाका उपप्रमुख हरिप्रभा खडगी श्रेष्ठले विद्यालयले आफ्नो गरिमालाई यथावत् राख्दै गुणस्तरीय शिक्षा दिनमा कुनै कञ्जुस्याइँ नगरेकोमा सन्तोष प्रकट गर्नुभयो।

प्रिन्सिपल प्रमिला सिंहले अभिभावकको न्यानो माया, शिक्षक कर्मचारीको अथक मिहिनेत र शुभचिन्तकको उचित मार्गनिर्देशन पाएर नै विद्यालयले स्थापनाको ५२ वर्षगाँठ मनाएको बताउनुभयो।

कार्यक्रममा जातजातिका भाषा र विभिन्न संस्कृति झल्कने गीत–संगीत नृत्य प्रस्तुत गरिएको थियो। मृगतृष्णा शीर्षकको नाटकले सबैलाई भावविभोर बनाएको थियो।

सो नाटकमा बालबालिकालाई समय नदिने अभिभावकको बालबालिका कस्तो मनस्थितिका हुन्छन् र उनीहरूले समाजमा कस्तो प्रभाव पार्छन् भन्ने भाव झल्केको थियो। नाटक तथा नृत्यको संयोजन पूर्वविद्यार्थी विदुषी गिरीबाट भएको थियो।

प्रतिक्रिया दिनुहोस्