मान्छेको टाउकोमा सिङ पलाएपछि



गोरु, भेडा, भैसी आदि जनावरकोे सिङ पलाएको त हामीले देखेका नै हुन्छौँ । यस्तै विभिन्न लोक कथाहरुमा मान्छेको सिङ पलाएको पनि हामीले सुनेका छौँ । तर कथामा नभएर साँच्चिकै मान्छेको टाउकोमा सिङ पलाएको कसैले देखेको छ ? यो अचम्मको घटना हो भारतको ।

हो, भारतको मध्यप्रदेश एक व्यक्तिको टाउकोमा साँच्चिकै सिङ पलाएको छ । मध्यप्रदेशको सागर जिल्लामा पर्ने रहली गाउँमा बसोबास गर्दै आएका ७४ वर्षीया श्यामलाल यादवको टाउकोमा केही वर्षअघि देखि सिङ पलाएको छ । उनको टउकोमा पलाएको सिङ बढ्दै गएको हुनाले हालै शल्यक्रिया गरी उक्त सिङ निकालिएको छ ।

केही वर्षअघि टाउकोमा चोट लागेपछि पलाएको सिङ बढ्दै गएको श्यामलालले बताएका छन् । पहिले देखि नै सिङ काट्दै आए पनि फेरि पलाउने गरेको उनको गुनासो छ । आफूलाई यस्तो अचम्मको समस्या आइपरेपछि उनले डाक्टरलाई देखाएका थिए । ्चिकित्सकले उक्त सिङको शल्यक्रिया गर्न धेरै रकम लाग्ने बताएपछि उनी उदास भएर बसेका थिए । ।

अन्ततः स्थानीय एक अस्पतालमा उनको हालै शल्यक्रिया भयो र डाक्टरहरुले उनको टाउकोबाट सिङ काटेर फ्याँकिदिएका छन् । टाउकोमा सिङ पलाउने समस्यालाई सेबासियस हर्न भनिने चिकित्सकले जनाएका छन् । यो दुर्लभ रोग हो । उनको शल्यक्रिया गरी सिङ निकाल्नका लागि केही घण्टा लागेको थियो ।

अन्ततः उनले सिङबाट छुटकारा पाए ।

प्रतिक्रिया दिनुहोस्