पब्जी खेल्न नदिएको रिसमा एक युवकले गरे आफ्नै बुबाको हत्या



पब्जी खेल्न नदिएपछि एक युवकले आफ्नै बुबाको हत्या गरका छन् । यो अपत्यारीलो घटन भारतमा घटेको हो । भारतको कर्नाटक राज्यको बेलगावी जिल्लामा बसोबास गर्दै आइरहेका एक २१ वर्षीय युवकले आफ्नै बुबाको टाउको काटेर हत्या गरेका हुन् । रघुवीर कुम्भर नाम गरेका ती युवकले पब्जीको खेल्न नदिएपछि आफनै बुबाको हत्या गर्न पुगेका हुन् । पब्जीका कारण पढाई देखि लिएर अन्य दैनिकी कामहरुमा समेत असर परेपछि कुम्भका बुबाले पब्जी खेल्न रोकेका थिए ।

बेलगावी प्रहरीले जानकारीप दिए अनुसार ती युवकलाई मोबाइल गेमको लत लागिसकेको थियो । खेल खेल्नका लागिनै ती युवकले बुबासँग पटक पटक मोबाइलमा रिचार्ज राख्न लगाउने गरेका थिए । यसै विषयमा बाबुछोराबीच झगडा भएको थियो । विवाद बढेपछि कुम्भले आमालाई कोठाबाट बाहिर निस्कन लगाएर र बुबा शेखरप्पा कुम्भरको खुट्टा र टाउको काटेर हत्या गरे

घटना भएको थाहा पाएपछि कुम्भकी आमा चिच्याएर बाहिर आएकि थिइन् । उनको चिच्च्याहट सुनेका छिमेकिले घटनाको जानकारी पाएपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको खबर पाए लगत्तै आएको प्रहरी टोलीले रघुवीरलाई पक्राउ गरको थियो । मृतक शेखरप्पा प्रहरी विभागका अवकाशप्राप्त कर्मचारी समेत रहेका थिए । यस अघिनै बुबा शेखरप्पाले छोराको लतबारे प्रहरीलाई जानकारी पनि गरएका थिए । यस्तै उनका छिमेकीले समेत रघुविरले विभिन्न कार्य गरी आफूलाइृ दु : ख दिने गरेको उजुरी दिएका थिए ।

रघुविरका कारण कारण शेखरप्पाले समेत प्रहरी चौकीमा गएर स्पष्टीकरण दिनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्