केएल टावरको दशैं तिहार उपहार योजना



काठमाडौं, (नेस)।केएल टावरले दशैं तिहारका लागि ‘रमाइलो दशैं तिहार’ उपहार योजना शुरू गरेको छ। योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार पाउने छन्।
केएल टावरका अनुसार दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपियाँबराबरको सपिङ भौचरका साथै आकर्षक उपहार उपलब्ध गराइनेछ।

त्यसैगरी साप्ताहिक रूपमा गोयनका ब्रान्डको रेफ्रिजिरेटर, वासिङ मेसिन, एलईडी टेलिभिज, आइरन, हिटर, भ्याकुम क्लिनर लगायतका घरायसी सामग्री उपलब्ध गराइनेछ।

बम्पर उपहारमा प्रथम उपहार स्वरूप एक जनालाई यामाहाको एफजेड एसएफआई भी थ्री मोटरसाइकल वितरण गरिने मेला संयोजक हिरामणि तिमिल्सिनाले बताए।

दोस्रो उपहार स्वरूप यामाहाकै रे जेड आर स्कूटर बितरण गरिनेछ भने तेस्रो उपहार स्वरूप एक जनालाई ४ रात ५ दिनको बैंकक भ्रमणको प्याकेज उपलब्ध हुनेछ। सान्तवना उपहार स्वरूप टाइमेक्सको घडी एक जनालाई वितरण गरिने भएको छ।

उपहार योजनामा सहभागि हुनका लागि कम्तीमा एक हजार रुपियाँ बराबरको सामान खरिद गर्नुपर्ने हुन्छ। हजार वा सोभन्दा बढीको सामान खरिद गरे पछि उपभोक्तालाई कुपन उपलब्ध गराइने र सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिने मेला संयोजक तिमल्सिनाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्