ओपो ए सिरिज २०२० नेपालमा



काठमाडौं, (नेस)।स्मार्टफोन ब्रान्ड ओपोले नेपालमा ओपो ए सिरिज २०२० सार्वजनिक गरेको छ। ओपो ए सिरिज २०२० अन्तर्गत सार्वजनिक ओपो एनाइन २०२० र ओपो एफाइभ २०२० मध्यम वर्गीय स्मार्टफोन बजारका लागि ब्राण्डको नयाँ हो।
ओपो ए सिरिज २०२० ले प्रयोगकर्तालाई यसमा रहेको बहुउपयोगी ४८ एमपी क्वाड क्यामेरा मार्फत आफूमा निहित रचनात्मकता जागृत गराउन अभिप्रेरित गर्छ र ५ हजार एमएएच अल्ट्रा ब्याट्रीले लामो समयसम्मको निरन्तर प्रयोगका लागि सघाउँछ।
नयाँ फोनले अदृतीय मनोरञ्जन प्रदान गर्दै दैनिक तनाव कम गर्न सघाउँदै जीवनका अनेक सम्भावना नियाल्न मद्दत गर्नेछ।ओपो एनाइन २०२० मा बहुउपयोगी क्वाड क्यामेरा सेटअप, ४८ एमपी मुख्य क्यामेरा प्लस ८ एमपी अल्ट्रा-वाइड लेन्स प्लस २एमपी मोनो लेन्स प्लस २ एमपी पोट्रेट लेन्स उपलब्ध गरिएको छ। त्यसैगरी, ओपो एफाइभ २०२०मा पनि कम्पनीले बहुउपयोगी क्वाड क्यामेरा सेटअप दिएको छ।
तर, यसमा भने १२ एमपी मुख्य क्यामेरा जडान गरिएको छ। यिनले प्रयोगकर्ताका हरेक सुटिङ एंगल्स तथा सिनेरियोको आवश्यकता अल्ट्रा नाइट मोड २.० र आर्टिस्टिक पोट्रेट स्टाइल्सको समग्र विकल्पका माध्यमबाट समाधान उपलब्ध गराउँछ।

एनाइन २०२० मा रहेको ४८ एमपी प्रमुख लेन्सले उच्च रेजोल्यूशनका साथमा तस्विरको स्पष्टतामा सुधार दिँदै विस्तृत र गुणस्तरीय तस्विर लिन सघाउँछ। ८ एमपी ११९ डिग्री अल्ट्रा वाइड एंगल लेन्सले तस्वीरको समायोजन र अभिव्यक्ति मार्फत विविधता दिनुका साथै साना स्थानमा समेत ठूला सट्स लिन सघाउँछ।

प्रतिक्रिया दिनुहोस्