शेयर बजार सामान्य सुधार



नेपाल समाचारपत्र, काठमाडौं। पछिल्ला केही दिनयता लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार सामान्य बढेको छ। यस दिन नेप्से परिसूचक १ दशमलव ७३ अंकले बढेर ११४० दशमलव ९८ बिन्दूमा पुगेको छ।

कुल १७० कम्पनीको ७ लाख ४३ हजार  कित्ता शेयर १७ करोड ७२ लाख रुपियाँबराबारमा कारोबार भएको छ। परिसूचक बढे पनि कारोबार भने अत्यान्तै न्यून हो।सोमबार कारोबारमा आएका १२ मध्ये नौ उपसमूहको शेयर बढेको छ भने तीन उपसमूहको शेयर ओरालो लागेको छ।

यस दिन बंैकिङ उपसमूह शून्य दशमलव ४४, व्यापार उपसमूह ८ दशमलव १८, होटल उपसमूह २ दशमलव २७, विकास बैंक उपसमूह २ दशमलव ७६, निर्जीवन बीमा उपमूह ८ दशमलव ३५, उत्पादन ८ दशमलव ४५, अन्य उपसमूह ३ दशमलव ९५, लघुवित्त उपसमूह ३ दशमलव ७९ र जीवन बीमा उपमूह १६ दशमलव ५९ अंकले वृद्धि हुँदा जलविद्युत् उपसमूह शून्य दशमलव ६८, वित्त उपसमूह शून्य दशमलव१७ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य ६ अंकले घटेको छ।

त्यस्तै सेन्सेटिभ परिसूचक यस दिन शून्य दशमलव १० अंकले बढेर २४९ दशमव ८१ मा पुगेको छ। सोमबार  कारोबार रकमका आधारमा प्रभु बैंक अग्रस्थानमा स्थानमा रहेको छ।

यस बैंकको शेयर  एक करोड २५ लाख  रुपियाँमा  कारोबार भएको छ।  साथै शिवम् सिमेन्ट एक करोड २० लाख रुपियाँ कारोबार भएको छ। पछिल्ला दिनमा शिवम् सिमेन्टको कारोबार उच्च हुँदै आएको छ।

सोमबार सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीको शेयर मूल्य ४ दशमलव ९४ प्रतिशतले बढेको छ।

समग्र परिसूचक बढेको दिन युनियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। कम्पनकीको शेयर मूल्य ३ दशमलव ७७ प्रतिशतले  घटेको छ। साथै माउन्टेन हाइड्रोको ३ दशमलव ७० प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्