बिध्यार्थीद्वारा बिध्यार्थीकै दृष्टी जाँच



मोतीराम तिमल्सिना,काभ्रे। काभ्रेपलाञ्चोक लगायत ६ वटा जिल्लामा आँखा स्वास्थ्यमा सबैको पहुँचका लागि विद्यार्थी परियोेजना शुरु भएको छ । २०७६ देखि शुरु भएको कार्यक्रम २०७८ सम्म संचालन हुनेछ ।

काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, धादिङ्ग र मकवानपुर जिल्लामा सक्रिय जुनियर रेडक्रस सर्कल भएका सामुदायिक बिद्यालयहरु मार्फत ६ वटा जिल्लाको सफल अभ्यास पछि नेपाल रेडक्रस सोसाईटी मार्फत ७७ वटै जिल्लाका सबै बिद्यालयहरुमा यो कार्यक्रम पु¥याउने योजना रहेको छ ।

विद्यार्थीहरुलाई दृष्टी जाँच सम्बन्धि तालिम दिई विद्यार्थीहरुद्वारा नै आफ्नो सहपाठीहरुको दृष्टी जाँच कार्यक्रम सन् २०१५ मा सुर्खेत, बाँके र जाजरकोट जिल्लाहरुमा उक्त कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुले आफ्नो सहपाठीहरुका गरेकोे दृष्टी जाँच पनि आँखा स्वास्थ्यकर्मीहरुले गरेकोे दृष्टी जाँच जस्तै प्रभाबकारी देखिएको सहभागिहरुले बताए ।

दृष्टि कमजोर भएका बिद्यार्थीहरुलाई नेत्र बिशेषज्ञद्वारा चश्मा जाँच तथा निशुल्क चश्मा बितरण, १ बर्ष पछि पुुनः जाँचमा जाँदा चश्मा बितरित धेरै विद्यार्थीहरुले चश्मा नलगाएको, विद्यार्थीहरु द्वारा आफुले चश्मा लगाउनुपर्ने कुरा थाहा हुँदा हुँदै पनि चश्मा नलगाउनुको कारणहरुको खोज तथा अनुसन्धान गरिएको, विद्यार्थीहरु द्वारा आफ्नो सहपाठीहरुको दृष्टी जाँच गर्ने र आँखा स्वास्थ्यकर्मीहरुद्वारा दृष्टी जाँच गर्ने कार्य बीचको आर्थिक प्रभावकारीताको खोज तथा अनुसन्धान गरिएको कार्यक्रम संयोजक राजन श्रेष्ठले बताए ।

उक्त कार्यक्रम ६ वटा जिज्लाका १ सय २० वठा विद्यालयमा संचालन हुनेछ । प्रत्येक जिल्लाबाट २० वटा विद्यालय छनौट गरिएका छन् । प्रत्येक विद्यालयका ८४ विद्यार्थीहरु सहभागि भई ५ सय विद्यार्थी मार्फत २४ हजार सहपाठीहरुको दृष्टी परिक्षण गरिनेछ ।प्रत्येक जिल्लाबाट ४ हजार विद्यार्थी उक्त कार्यक्रममा सहभागि हुनेछन् । प्रत्येक जिल्लाबाट २० जना शिक्षकहरु मार्फत विद्यार्थीहरुलाई तालिम दिईने छ ।

बाल आँखा कान नाक घाँटी अस्पताल एवं पुनः स्थापना सेवा (चियर्स) मार्फत विपन्न तथा पिछडिएका वर्गमा लक्षित सामुदायिक स्वास्थ्य कार्यक्रम अन्र्तगत दृष्टि तथा श्रवण अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षाको मूलधारमा ल्याउन पूर्व बाल विकास केन्द्र कक्षा सञ्चालन साथै अन्य उमेर समूहका दृष्टि तथा श्रवण अपाङ्गता भएका व्यक्तिलाई सीपमूलक तालिम कार्यक्रम संचालन गरिएको छ ।

दृष्टि दोष बालबालिकाहरुमा उच्च रहेको, दृष्टि दोष सम्बन्धि ज्ञानको चेतनामा कमी, आँखा उपचार सेवाको पहुँचमा कमी, आँखा उपचार सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको कमी, चश्मा नलगाउने बिभिन्न सामाजिक कारणहरु, आँखा कमजोर भएकै कारण पढाईमा कमजोर हुनु वा विद्यालयहरु छोड्नेको संख्यामा बृद्घि, दृष्टि दोष भएका बालबालिकाहरुमा समयमै चश्मा नलगाउने कारणले आँखा अल्छी हुने र पछि उपचार नहुने भएकाले त्यसको ख्याल गर्न सुझाव दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्