कानुनी प्रक्रिया



सिड्नी, (एजेन्सी)। अस्ट्रेलियाको आन्तरिक उडानमा रहेको एउटा विमानबाट जबरजस्ती निकालिएका दि वेरोनिकास व्यान्डका दुईजना पप गायिकाले एयरलाइन क्वान्तासविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने भएका छन्।

तिनीहरूले आइतबार विमानका चालक दलका सदस्यहरूको आदेश नमानेको भन्दै आफूहरूलाई विमान उड्नु केही समयअघि विमानबाट ओरालिएको बताएका छन्।

अस्ट्रलियाली गायिका दिदीबहिनी लिसा र जेस्सिका ओरिग्लियास्सोले आफूहरूले केही पनि गल्ती नगरेको तर क्याबिन क्रुले घटनालाई बढाईचढाई गरेको गुनासो गरेका छन्। यो घटना सिड्नी विमानस्थलमा भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्