२४ नागरिक मारिए



काबुल, (एजेन्सी)।अफगानिस्तानमा तालिवानविरुद्धको कारबाहीका क्रममा गल्तीबस २४ नागरिक मारिएका छन्।

सोमबार अफगान विशेष बलले दक्षिणी हेलमन्द प्रान्तमा तालिवानको ठेगानालाई निसाना बनाई आक्रमण गरेका थिए।

प्रारम्भिक सूचनामा २४ नागरिक मारिएको र यो आँकडा बढ्न सक्ने प्रान्तीय अधिकारीले जानकारी दिएका छन्।

मारिनेमा धेरैजसो महिला तथा बच्चा भएको र उनीहरू मुसा काला जिलामा एक विवाह समारोहमा सहभागी रहेको प्रान्तीय परिषद्का प्रमुख अताउल्लाह अफगानले बताए। घटनामा अन्य १२ जना घाइते भएको पनि उल्लाहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्