मुगावेको निधन क्यान्सरबाट



हरारे, (एजेन्सी)।जिम्बावेका पूर्व राष्ट्रपति रोबर्ट मुगावेको निधन क्यान्सरका कारण भएको सरकारी समाचार पत्रले जनाएको छ।

सेप्टेम्बर ६ मा सिंगापुरको एक अस्पतालमा निधन भएको थियो। उनी ९५ वर्षका थिए।

उनी १९८० मा श्वेत अल्पसंख्यकको शासन अन्त्य गर्दै सत्तामा आएका थिए र ३७ वर्ष ७ महिना जिम्बावेमा सत्तामा रहे।

उनलाई सन् २१०७ मा सैन्य समर्थित सत्ता विद्रोहमा अपदस्थ गरिएको थियो । अपदस्थ गरिएपछि मुगावेको स्वास्थ्यमा लगातार गिरावट आएको र उपचारका लागि प्रायः उनी सिंगापुर पुग्ने गरेका थिए।

मुगावेलाई क्यान्सर रहेको र धेरै फैलिसकेकोले किमोथेरापी उपचार बन्द गरिएको द हेराल्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्