कोठा भत्कियो



नैरोबी, (एजेन्सी)।केन्याको राजधानी नैरोबीस्थित एउटा प्राथमिक विद्यालयको कक्षाकोठा भत्किँदा कम्तीमा सातजना बालबालिकाको ज्यान गएको सरकारी अधिकारीहरूले सोमवार बताएका छन्।

विद्यालयको पढाइ शुरू भएको केही छिनपछि नै प्रेसियस ट्यालेन्ट स्कुलको काठबाट बनेको संरचना ढलेको बताइएको छ। दर्जनौं घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

दुर्घटनालगत्तै आपत्कालीन सेवा परिचाल गरिएको थियो। घटनास्थल वरपर जम्मा भएको विशाल भिडको कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ। नजिकैको ढल निर्माण कार्यका कारण यो दुर्घटना घटेको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्