कक्षा ११ को नतिजा प्रकाशित



काठमाण्डौँ । कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेर अघि नतिजा प्रकाशित गरेको जानकारी गराएको छ ।

कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो ।

यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २ हजार ३१९, ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ७७२ रहेको छ ।

२.८१ देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ३२ हजार २५३ जना , २.४१ देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५४ हजार ८१६ जना, २.१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८४ हजार २३९ जना १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ६५० जना, १.२१ देखि १.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४३ हजार ३७, ०.८१ देखि १.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार १७१ र ० देखि ०.८१ जीपीए ल्याउने विद्यार्थीको संख्या २१ हजार ३४६ जना रहेको छ ।

बिद्यार्थीहरुले नतिजा www.neb.edusanjal.com मा हेर्न सक्नेछन् र बिद्यालयहरुले आफ्नो बिद्यार्थीहरुको नतिजा neb.edusanjal.com बाट download गर्न र  हेर्न सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस्