कार्टुन उद्योगमा आगलागी



चितवन। भरतपुर महानगरपालिका–४ बाह्रघरेमा रहेको युनाइटेड प्याकेजिङ कम्पनीमा ९कार्टुन बनाउने उद्योगमा० आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ३ः३० बजे विद्युत् चुहावट भई आगलागी भएको थियो ।

भद्रनारायण पियाद्वारा सञ्चालित सो उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन

। महानगरपालिकाको, दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सक्रियतामा आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्