न्युरोडमा प्रहरीको गोलीले राँगो मारियो

राँगाको आक्रमणबाट तीन जना घाइते



काठमाडौं । काठमाडौंको न्युरोडमा एउटा राँगालाई प्रहरीले गोली प्रहार गरी मारेको छ ।

मंगलबार विहान उपत्यका बाहिरबाट ट्रकमा ल्याइएको राँगा कालिमाटीबाट उम्किएर भागेको थियो ।

आत्तिएको राँगा सडकमा जताततै आतंक मच्चाउँदै कालिमाटीबाट न्युरोड आइपुगेको थियो ।

राँगाले हानेर केही मानिस पनि घाइते भएका छन् । बिहानै सबेरै घटना भएकाले सडकमा धेरै मानिस नभएकाले ठूलो क्षति हुन पाएन ।

प्रहरीले न्युरोड गेट नजिक राँगालाई गोली हानेर ढालेको हो । घाइतेहरुको बीर अस्पतालमा उपचार भइरहेको छ ।

राँगाको आक्रमणबाट तीनजना मानिस घाइते भएका प्रहरीले जनाएको छ । राँगाले हानेर एउटा कारमा पनि क्षति पुगेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्