म्हः पूजा कात्तिक १२ गते मनाउन आग्रह



काठमाडौं, (नेस)।नेपालभाषा मंकाः खलः काठमाडौंले यो वर्ष नेपाल संवत् ११४० नयाँ वर्ष तथा म्हः पूजा कात्तिक १२ गते मनाउन आग्रह गरेको छ।

नेपाल पञ्चा· निर्णायक समितिले प्रकाशित गरेको पात्रोअनुसार परम्परामा अलमल सिर्जना भएको भन्दै नयाँ वर्षको प्रथम दिन नै म्हः पूजा गरिने खलःले जनाएको छ।

यस्तै, कात्तिक ११ गते सोमबार औंसीका दिन लक्ष्मीपूजा तथा कात्तिक १३ गते बुधबार द्वितीयाको दिन भाइटीका मनाउन नेवार समुदायलाई आग्रह गरेको छ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले पञ्चा· निर्णायक समितिलाई तिथिको गणितमात्र नभइ परम्परादेखि चल्दै आएको व्यवहारमा पनि ध्यान दिन आग्रह गरे।

प्राडा त्रिरत्न मानन्धरले तिथिमा आधारित परम्परा व्यवहारमा लागू गर्ने उपाय रहँदारहँदै पनि समितिले गर्ने बेवास्ताप्रति असन्तुष्टि जनाउनुभयो।

धर्मोदय सभाका अध्यक्ष यज्ञमान पतिले लक्ष्मीपूजा, म्हः पूजा र किजापूजा तीन दिन मनाउने चलन परमपरागत संस्कृति रहेको जानकारी गराए। सोअनुसार निम्न स्वरूपमा स्वन्ति पर्व मनाउनुपर्नेमा सबै एकमत रहेको छ।

प्रतिक्रिया दिनुहोस्