नेकपा विप्लव समूहका उपत्यका इन्चार्ज हितमान’ पक्राउ



काठमाडौं । नेकपा विप्लव समूहका उपत्यका इन्चार्ज नविन विश्वकर्मा ‘हितमान’ पक्राउ परेका छन् । सोमबार दिउँसो उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोले ललितपुरबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उनलाई कहाँ राखिएको छ भन्ने बारेमा प्रहरीले खुलाउन नचाहे पनि पक्राउ गरेको पुष्टि  गरेको छ । नबीनसंग केही महत्वपुर्ण कागजात समेत भेटिएको पनि प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्