दुई तिहाइको आडमा सरकारले लुट मच्चायो ः रामचन्द्र पौडेल



प्युठान, (नेस)।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाइ बहुमतको आडमा लुटतन्त्र मच्चाइरहेको आरोप लगाउनुभएको छ।

जनतालाई झुक्याएर जेल हाल्ने र देश लुट्ने खेलमा लागेको आरोप लगाउँदै उहाँले कम्युनिस्ट पार्टीको सरकारले सर्वसत्तावादी सोचबाट देश लुट्ने खेलमा लागेकाले कांग्रेस खबरदारीमा लागेको पौडेलले बताउनुभयो।

सरकारले संविधानको दुरुपयोग गरी देशका संवैधानिक आयोग, प्रेस र लोकतन्त्रको मर्म विपरीत काम गरेको आरोप नेता पौडेलको छ।

अदालत र अख्तियार पनि दुई तिहाइ सरकारको प्रभावमा परेको बताउँदै उहाँले भन्नुभयो– ‘दुई तिहाइको दम्भ देखाएर अख्तियार र अदालतलाई तर्साएर देशमा लुट मच्चाउने काम भएको छ’, उहाँले प्रश्न गर्नुभयो– ‘यत्रो भ्रष्टाचार भइरहँदा अख्तियार र अदालत के हेरेर बसिरहेका छन्?’

प्रतिक्रिया दिनुहोस्