नवलपुरमा कार र ट्रक एक आपसमा ठोक्किँदा चालक सहित ५ जनाको मृत्यु, १५ घाइते



नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका-८ मा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगल क्षेत्रमा गएराति पौने ११ बजेतिर ठोक्किँदा कारमा सवार व्यक्तिहरुको मृत्यु जनाईएको छ ।

मृतक सबै पुरुष भएको र उनीहरुको सनाखत नभएको नवलपुर प्रहरीले जानकारी दिएको छ ।

यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका-१०, स्थित जंगलमा राति पौने दुई बजेतिर यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कम्तीमा १५ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस आफैं अनियन्त्रित भएर पल्टिँदा मकवानपुर घर भएका बस चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको नवलपुर अस्पताल, कालिगण्डकी अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको पनि बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्