एनआरएनए युरोप संयोजकमा गिरीको उम्मेदवारी



दीेपेन्द्र गजुरेल, स्पेन । गैर आवाशीय नेपाली संघको केन्द्रिय अधिवेशन नजिकिदै गर्दा विश्वभर रहेका एनआरएनए सामाजिक अभियान्ताले आ–आफ्नो उमेदवारी घोषणा गर्ने क्रम बढ्दो गतिमा रहेको छ ।

यसै क्रममा युरोप संयोजकमा समाजसेवी तथा एनआरएनए सामाजिक अभियन्ता एवम् पुर्व स्पेनका लागि नेपाल पर्यटन बोर्डका मानार्थ स्पेन प्रतिनिधि एकराज गिरीले आफ्नो उम्मेदवारी सामाजिक संञ्चाल मार्फत घोषणा गर्नुभएको छ । युरोप उप संयोजक समेत रहनु भएका गिरीले आफ्नो दुई वर्षे कार्यकालमा विश्व शान्त्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थान लुम्बिनी नगरपालिका र स्पेनको राजधानी म्याड्रिड महानगरपालिका विचमा भगेनी सम्बन्ध स्थापनार्थ महत्वपुर्ण भुमिका खेल्नुभएको थियो ।

यसैगरी स्पेनी चर्चित फुटबल क्लब एथ्लेटिक म्याड्रिड र वेष्ट काठमाडौ फुटबल क्लब बीच सम्झौतामा सकारात्मक पहल समेत गर्नुभएको थियो । समाजसेवी तथा युरोप उपसंयोजक गिरीले लुम्बिनी गार्डेन फाउण्डेसनको अवधारणा अन्तरर्गत विभिन्न सकारात्मक गतिविधि गदै आउनुभएको छ ।
उपसंयोजक गिरी कुष्मा नगरपालिकाका मेयरका अन्तराष्ट्रिय सल्लाहाकार समेत हुन । आठौ अन्तर्राष्ट्रिय महाधिवेशन सन् २०१५/०१७ मा सक्रिय भुमिका निर्वाह गर्नुभएको थियो ।

स्पेनस्थित नेपाली राजदूताबास र चान्सरी भवन ब्यवस्थापनमा समेत सहयोगी भुमिका निभाउनुभएको थियो । यसैगरी सन् २०१५/०१७ एनआरएनए अन्तर्राष्ट्रिय समन्वयन समिति सदस्य थिए भने सन् २०१३/०१४ मा स्पेनको अध्यक्ष भएर स्पेनबासी नेपाली समुदायको तथ्याङ्क संकलन देखि नेपालमा गएको विनाशकारी भूकम्पमा स्पेनबासी संग समन्वयन गरे नेपाली डेढ करोड रुपैया बराबर एनआरएनए केन्द्रमा सकारात्मक सहयोगी भुमिका खेलेको गिरीले स्पेनबासीहरु बताउने गर्छन् ।

उपसंयोजक गिरीलाई तपाईको संयोजकमा नै किन उम्मेदवारी भन्ने प्रश्नमा गिरीले भन्नुभयो– सबै नेपाली समुदायहरुले तपाईले एनआरएनएको अभियानमा निरन्तरता दिनुस् हामी सहयोग गछौ भनेकाले उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो । यसैगरी नेदरलयाण्डका नारायण आर्चायको पनि युरोप संयोजकमा उमेदवारी सामाजिक संञ्जाल मार्फत घोषणा गर्नुभएको छ ।

एनआरएनए नेदरल्याण्डका आईसीसी सदस्य समेत रहेका आचार्य पूर्व एनआरएनए नेदल्याण्डका अध्यक्ष समेत हुनुहुन्छ । आर्चायले युरोप संयोजक भए नेदरल्याण्डमा नेपाली दुताबास स्थापनार्थ सहयोगी भुमिका खेल्ने बताउनुभयो ।

यसैगरी विभिन्न राष्ट्रमा नेपालीहरुको बढ्दो चापलाई मध्यनजर गदै पोर्चुगल,माल्टा लगायत विभिन्न देशमा देखिएका समस्याहरुलाई ध्यानमा राखेर सहयोगी भुमिका खेल्ने योजना रहेको बताउनुभयो । यस्तै बेल्जियमबाट गंगाधर गौतमले समेत युरोप संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्