बेलायतको अडानका कारण इयू–बेलायतबीचको सम्झौतामा समस्या 



बर्लिन । यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का प्रमुख वार्ताकार मिसेल वार्नियरले लण्डनको वर्तमान अडान अनुसार बहिर्गमनका सम्झौताका लागि सहमति बन्ने आधार नदेखिएको बताउनुभएको छ ।

उहाँले बर्लिनमा जर्मनीका विदेशमन्त्री हेइको माससँगको भेटपछि भन्नुभयो, “अहिलेको बेलायती अडानका आधारमा बहिर्गमनका लागि सम्झौता गर्ने कानूनी समाधान निकाल्न कठिन हुन्छ । बेलायतले ‘ब्याकस्टप’का लागि सारेका सबै लक्ष्यलाई पूरा गर्न सकिँदैन

‘ब्याकस्टप’ इयू सदस्य रहेको आयरल्याण्ड र संयुक्त अधिराज्य (बेलायत) को उत्तरी आएरल्याण्डको सीमानामा कडाई गर्नुपर्ने धारणाबाट निर्देशित रहेको र यो अडानका कारण इयू–बेलायतबीचको सम्झौतामा समस्या भएको उहाँको स्पस्टोक्ति थियो ।
रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्