दुई हजार घुससहित कार्यालय सहयोगी पक्राउ



सप्तरी । राजबिराजस्थित भूमिसुधार कार्यालयका कार्यालय सहयोगी घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुन मण्डल रहेको प्रहरीले जनाएको छ ।

जग्गाको लागत कट्टा मिलाइदिने भन्दै मण्डलले सेवाग्राहीसँग घुस मागेका थिए । उनी घुस लिदाँ लिदै कार्यालयबाट सोमबार पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यालयबाट खटेको टोलीले मण्डललाई पक्राउ गरको हो । मण्डलमाथी सेवाग्रहीबाट दुई हजार रुँपैया घुस लिएको आरोप छ ।

सेवाग्रहीसँग घुस लिने गरिएको सूचनाको आधारमा केही दिनयता आयोगले सो कार्यालयमा निगरानी बढाएको थियो । पक्राउ परेका मण्डललाई थप अनुसन्धानका लागि आयोगको क्षेत्रिय कार्यालय इटहरी लगिएको अख्यितारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्