पूर्व पश्चिम राजमार्गमा टाईम कार्ड लागु



कृष्णउदास खनाल, वीरगन्ज । तीब्र गतिका सवारी साधनका कारण सवारी दुर्घटना बढेको भन्दै प्रदेश नम्बर २ को पुर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने सप्तरीदेखि बारासम्मको दुरी पार गर्न टाईम कार्ड लागु गरिएको छ ।

प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले सप्तरीदेखि बारासम्म पुर्व–पश्चिम राजमार्गको दूरी ५ घण्टामा पार गर्नुपर्ने भन्दै टाईम कार्ड लागु गरेको हो ।ट्राफिक प्रहरी कार्यालय पथलैयाले राजमार्ग अन्र्तगत अब लामो तथा छोटो दुबै सवारी साधनका लागि टाईम कार्ड लागु गरिएको जनाएको छ । टाईम कार्ड अनुसार सप्तरीको भारदहदेखि बाराको पथलैयासम्मको २ सय २५ किलोमिटर दुरी ५ घण्टा २५ मिनेटमा पार गर्नुपर्नेछ ।

त्यस्तै भारदहदेखि धनुषाको लालगढ सम्मको १ सय १५ किलोमिटरको दुरीको लागि २ घण्टा ४५ मिनेटको समय तोकिएको तथा लालगढदेखि पथलैयासम्मको १ सय किलोमिटरको दुरी पार गर्नको लागि भने सवारी साधनहरुले अबदेखि ५ घण्टा २५ मिनेट समय पाउनेछन् ।

छोटो दूरीमा चल्ने सवारी साधनहरुका लागि पनि ट्राफिक कार्यालय पथलैयाले टाईम कार्ड लागु गरेको छ । जस अन्र्तगत सप्तरीको भारदहदेखि शम्भुनाथसम्मको ३२ किलोमिटर दुरी पार गर्न ४० मिनेट, शम्भुनाथदेखि कदमाहासम्म २२ किलोमिटर पार गर्न ३० मिनेट, र कदमाहादेखि सिरहा जिल्लाको बन्दिपुरको ४३ लकिलोमिटर दुरी पार गर्न ५५ मिनेट, धनुषाको लालगढसम्म बन्दिपुरबाट पुग्नको लागि ४० मिनेटको समयमा २९ किलोमिटरको दुरी पार गर्नुपर्ने, सर्लाही जिल्लाको कर्माइयादेखि बाराको पथलैया सम्मको ५० किलोमिटरको दुरी पार गर्न ४९ मिनेटको समय टाइम कार्डमा तोकिएको ट्राफिक कार्यालय पथलैयाले जनाएको छ ।

कमाईयादेखि लालगढसम्मको ४९ किलोमिटरको दुरी १ घण्टा २० मिनेटमा पार गर्नुपर्नेछ । यसरी लागु गरिएको टाईम कार्ड अनुसारको दूरी पार गर्नुपर्नेमा लापारवाही गरिएको खण्डमा कारवाही समेत गरिने ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी नायब निरीक्षक सुरेन्द्र कोईरालाले जानकारी दिनुभयो । खासगरी चाडपर्बको बेला भएर त्यस्तै तीब्र गतिका कारणले हुने गरेको सवारी दुर्घटनालाई न्युनिकरण गर्नको लागि गत असोज ३ गते सँबिधान दिवसको दिनदेखि टाईम कार्ड लागु गरिएको बताउनुभयो ।

साथै सवारी चालकहरुले मादक पदार्थ लागु पदार्थको सेवन गरेको नगरेको, रात्रि बसहरुमा २ वटा चालकहरु अनिवार्य भएको नभएको, चाडपर्वको समयमा बढी भाडा लिने, सिट क्षमता भन्दा बढी यात्रु ओसार्ने जस्ता क्रियाकलापहरुलाई कडा रुपमा चेकजाँज गरिने कोइरालाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्