भालुभुत्ते नङ हेर्न मूख्यमन्त्री जनकपुरमा



मानिसका सोख पनि थरीथरीका हुन्छन् । शरिरका विभिन्न भागलाई अचम्म लाग्ने तरिकाले सजाएका हुन्छन् । पुरुष दाह्रीका सोखीन हुन्छन् भने महिला नङ र कपालको सोखीन हुन्छन् । तर जनकपुमा बसोबास गर्ने एक पुरुषको भने भिन्न खालको सोख छ । दिनेश सिंह यादव नाम गरेका उक्त व्यक्तिले बिगत आठ वर्ष यता नङ पाल्दै आएका छन् । दिन प्रती दिन नङ प्रती आफ्नो आकर्षष बढ्दै गएको यादवले बताउँछन् ।

यादव भन्छन् , ‘मैले सुरुमा नङ पोस्ने आफ्नो सोख बुझे । तर, बिस्तारै–बिस्तारै नङप्रति माया नै बस्यो । अब त गिनिज बुकमा नाम आओस् भन्ने लक्ष्य छ ।’ देब्रे हातका पाचैँ औलाको नङ पालेका यादवले गिनिज बुमा नाम लेखाउने अठोट लिएका छन् । उनको यो अचम्मको सौख हेर्न विभिन्न ठाउँबाट मानिसहरु जनकपुर आउने गरेका छन् ।

यो विषय अझैँ रोचक त तब बन्यो जब उनले पालेको नङले मुख्यमन्त्रीलाई पनि लोभ्यायो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र सांसद रामअशिष यादव पनि उनको नङ हेर्न पुगेका थिए । मुख्यमन्त्री राउतलाई नङ देखाउँदै यादवले भने, ‘मलाई अरु केही चाहिँदैन, मेरो नङको बारेमा आफैं बुझिदिनुस् ।’ यादवको नङ हेरेर अचम्म परेका राउतले गिनिज बुकका लागि सक्दो प्रयास गर्ने आश्वासन दिए ।

मुख्यमन्त्री राउतले भने , ‘गिनिज बुकका लागि के कसो प्रयास गर्न सकिन्छ, गरौंला ।’

प्रतिक्रिया दिनुहोस्