प्रादेशिक क्विक्स कप श्रमिकलाई



हेटौंडा, (नेस)।प्रदेश–३ स्तरीय क्विक्स कप विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि हेटौंडाको श्रमिक माविले जितेको छ।

बिहीबार भएको उपाधि भिडन्तमा धादिङको शंखदेवी माविलाई २–१ गोलअन्तरले हराउँदै श्रमिकले उपाधि जितेको हो। एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै टोलीले जित हासिल गरेको थियो।

पहिलो हाफमा धादिङका दिवस रानाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। श्रमिकका लागि दोस्रो हाफमा सिजन पाख्रिनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

श्रमिकका लागि प्रितम स्यांबोले विजयी गोल गरेका हुन्। प्रदेशस्तरीय लिगमा ४ जिल्लाको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्