द राईजिंग प्रिक्वार्टर फइनलमा



भैरहवा, (नेस)।सडेन डेथमा ग्रेट भिजयन युवा क्लब तरकुल्लाह, ओमसतीयालाई पराजित गर्दै द राईजिंग युवा क्लब कनरी सियारी सातांै थारु मिलन कप नकआउट फुटबल प्रतियोगिताको प्रिक्वाटर फाइनलमा प्रवेश गरेको छ।

ओम सतियाको कर्महवाडाँडा खेल मैदानमा आइतबार सम्पन्न खेलमा निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए। त्यसपछि निर्णयको लागी टाइब्रेकर गराइएकोमा त्यसमा पनि ३–३ गोलको बराबरी भएपछि निर्णय गर्न सडेन डेथमा पुगेको थियो।

सडेन डेथमा द राईजिंगका गोलरक्षक आशिष थारुको प्रहार गोलमा परीणत हुँदा ग्रेटभिजनका खेलाडीको प्रहारलाई राईजिंगका गोलरक्षकले बचाएका थिए।

प्रतिक्रिया दिनुहोस्