एपीएफको विजयी शुरुआत



मोरङ, (नेस)।एपीएफ क्लब काठमाडौंले मोरङको लक्ष्मीमार्गमा भइरहेको तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुआत गरेको छ।

आइतबार सम्पन्न रोमाञ्चक खेलमा झापा–११ लाई २–० गोल अन्तरले स्तब्ध बनाउँदै एपीएफले सेमिफाइनलमा समेत स्थान सुरक्षित गर्यो। एपीएफका लागि रोहित थापा र हरि कार्कीले एक–एक गोल गरे। २६औं मिनेटमा रोहितको गोलबाट एपीएफले गोलको खाता खोलेको थियो।

थापाले कर्नरबाट गरेको प्रहारलाई गोलरक्षक राउतले क्लियर गर्न नसक्दा बलले राउतको हातमा ठोक्किंदै जाली चुमेको थियो। गोलरक्षक राउतको कमजोरीको फाइदा उठाउँदै ७०औं मिनेटमा हरिले गोल थपेर एपीएफको जित निस्चित गरे।

प्रतिक्रिया दिनुहोस्