पौडी टोली भारत प्रस्थान



काठमाडौं, (नेस)।नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गर्दै नेपाली पौडी खेलाडीले १०औं एसियाली उमेर समूह पौडी प्रतियोगितामा सहभागिता जनाउने भएको छ।

प्रतियोगिता भारतको बैंगलारुमा सेप्टेम्बर २४ देखि अक्टोबर २ तारिखसम्म हुने छ। टोली आइतबार बैंगलारु प्रस्थान गरेको छ।

खेलाडीमा अनुभव सुब्बा, विकास कुमाल, दिपाङकर अवाले, गौरव लामा, सागर नायक, तेन्जिङ गुरुङ, नासिर हुसैन, उर्गेन महर्जन, जेविस पौडेल, शुभम् श्रेष्ठ, वेदज्ञराज जोशी, एर्भिन श्रेष्ठ, आदर्श कार्की, मोहित शाक्य, सोफिया शाह, टीसा शाक्य, अदिप्शा वैद्य, अनुष्का पोखरेल, युस्का महर्जन, अनुसिया तन्डुकार, श्रेवी महर्जन, उपास्ती महर्जन, दिया स्थापित, आज्मी शेरचन, डुवाना लामा, शिक्षा श्रेष्ठ, लुमना शाक्य र समीराशोभा थापा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्