स्वति सदनलाई उपाधि



नेपाल समाचारपत्र, काठमाडौं।स्वति सदनले प्रथम जीवन ज्योति अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

मनमैजुस्थित आयोजक जीवन ज्योति इङलिस बोर्डिङ स्कुलमा भएको फाइनलमा स्वति सदनले प्याराडाइसलाई २५–२१, २३–२५ र २५–१९ को सेटमा पराजित गर्यो।

विजेताले खसी तथा उपविजेताले बोका पुरस्कारस्वरुप पाए। मनासलुले तेस्रो स्थानमा चित्त बुझाउँदै पुरस्कार स्वरुप दुईवटा भाले प्राप्त गर्यो।स्वति सदनका मदनबाबु दवाडी उत्कृष्ट खेलाडी घोषित भए। ग्राम सेवाले अनुशासित टिमको उपाधि हात पार्यो।

प्रतिक्रिया दिनुहोस्