लगानी बढाउन जोड



बुटवल, (नेस)।रुपन्देही जिल्ला भौगोलिक आधारमा नेपालको मध्य भागमा रहेकाले यहाँ उत्पादित वस्तु देशका सबै स्थानमा पठाउन सजिलो, कच्चा पदार्थ आपूर्ति गर्दा भन्सार नाका नजिक, विगतको नाकाबन्दीको समयमा पनि निर्वाध सञ्चालनमा रहेको नाका भएकाले रुपन्देही उद्योगी व्यापारिका लागि आकर्षण र सम्भावनाको क्षेत्र रहेको वक्ताले जोड दिएका छन्।

शनिबार आयोजना गरिएको औद्योगिक विकासका लागि रुपन्देही उद्योग संघको अवधारणा सार्वजनिक कार्यक्रममा बोल्नेले रुपन्देही जिल्लामा उत्पादन मुलक, कृषि तथा वनजन्य र पर्यटन उद्योगको लागि प्रचुर सम्भावना रहेको औंल्याएका छन।विश्वमा १ सय २५ करोडभन्दा बढी बुद्धिष्ट रहेका छन् र उनीहरु एकपटक आप्mनो जीवनमा बुद्ध जन्मस्थल लुम्बिनी आउन चाहन्छन्।

जसले गर्दा यस क्षेत्रमा पर्यटन उद्योगको प्रशस्त सम्भावना रहेको उनीहरुले बताएका छन।
कार्यक्रममा अवधारणापत्र सार्वजनिक गर्दै पूर्व सहसचिव विष्णु ढकालले जिल्लामा उत्पादन मुलक र कृषि तथा वनजन्य, खनिज उद्योगको लागि उपयुक्त वातावरण रहेकाले त्यसका लागि सामूहिक लगानी जरुरी रहेको बताउनुभयो।

उहाँले उद्योगी, व्यापारीका लागि उपयुक्तस्थल भए पनि औद्योगिक असुरक्षा, असहज श्रम सम्बन्ध, ऊर्जाको न्युन उपलब्धता कमजोर औद्योगिक पूर्वाधार ,दक्ष जनशक्तिको अभाव अत्याधुनिक प्रविधिको अभाव निर्यातयोग्य वस्तुको विविधिकरणमा कमी कमजोर आपूर्ति व्यवस्थापनले गर्दा उद्योगी र व्यापारीले सम्स्या भोग्नु परेको धारणा राख्नुभयो।

कार्यक्रममा उद्योग पर्यटन ,वन तथा वातावरण मन्त्री लिला गिरीले विदेशी लगानी आकर्षण गर्ने गरी कानुन निर्माण गरिने बताउनुभयो।

कृषि वनजन्य, खानीमा आधारित उद्योगलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले उद्योगमैत्री कानुन बनाएर विदेशी लगानीलाई सुरक्षित बनाइने उल्लेख गर्नुभयो।

मन्त्री गिरीले सबैलाई इमान्दार भएर काम गर्न आग्रह गदैं देशलाई आवश्यक पर्ने उत्पादन पूरा भएपछि निर्यातमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।

संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले लामो छलफल र अन्तरक्रिया गरि औद्योगिक विकासका लागि संस्थागत अवधारणा अगाडि सारिएको बताउँदै औद्योगिक विकासका लागि नीति निर्माण तहमा रहेको राजनीतिक नेतृत्वमा स्पष्ट सोच र इच्छा शक्ति जरुरी रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा प्रदेश ५ का योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतम, जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्मा, आन्तरिक मार्मिला तथा कानुन मन्त्रालयका सचिव शंकरप्रसाद खरेल, संघका महासचिव कृष्ण पराजुलीलगायतले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास र औद्योगिक विकासका लागि औद्योगिक वातावरण जरुरी रहेको औंल्याएका थिए।

 

प्रतिक्रिया दिनुहोस्