र्याली फिर्ता



पेरिस, (एजेन्सी)।अन्य प्रदर्शनकारी समूहको घुसपैठ भएपछि फ्रान्सको राजधानी पेरिसमा आयोजना हुन लागेको शान्तिपूर्ण जलवायु र्याली स्थगित गरिएको छ।

यसरी घुसपैठ गरेका अराजक प्रदर्र्शनकारीले भवनका झ्यालहरू फोड्ने तथा सडकमा राखिएका छेकवार जलाउने काम गरेका थिए। प्रहरी र ती प्रदर्शनकारीबीच भिडन्त शुरू हुन थालेपछि शान्तिपूर्ण जुलुस फिर्ता लिइएको हो।

विगतमा अश्रुग्यास प्रहार गर्दै प्रहरीले यस्ता सय जनाभन्दा बढी प्रदर्शनकारीलाई गिरफ्तार गरेको थियो। पेरिसको कडा सुरक्षा प्रबन्धका लागि करिब सात हजार प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्