बुर्कामाथि प्रतिबन्ध



बेइजिङ, (एजेन्सी)।चीनको सिन्जियाङ प्रान्तमा मुस्लिम महिलाले बुर्का लगाएको वा अवैध इस्लामिक भिडियो हेरेको पाइएमा त्यसलाई अपराधको दर्जामा राख्ने गरेको छ।

त्यस्ता क्रियाकलाप गरेको भेटिएमा उनीहरूलाई अतिवादविरुद्धका उपचार केन्द्रमा पठाउन सक्ने बताइएको छ। चीनले यसलाई अतिवादका रूपमा हेर्ने गरेको छ।

सिन्जियाङ प्रान्तमा रहेका उइगुर मुस्लिममा अतिवाद रोक्नका लागि सरकारले अतिवाद मुक्त केन्द्रमा स्थापित गरिएको छ।

आफ्नो सासूको दबाबमा पश्चिमी पहिरन नलगाउने एक महिलाको उजुरीमा उनका सासू र पतिलाई १७ वर्षको जेल सजाय सुनाएपछि उक्त मामिला चर्चामा आएको हो।

प्रतिक्रिया दिनुहोस्