हिमताल रुपकुण्डमा मानव अस्थिरपन्जरको थुप्रो



नयाँदिल्ली, (एजेन्सी)।भारतको हिमालयस्थित एक परित्यक्त हिमतालमा करिब ८ सय मानव अस्थिरपन्जर फेला परेको छ। अस्थिरपन्जर ताल भन्न थालिएको उक्त रुपकुण्ड तालमा पहिलो पटक दोस्रो विश्वयुद्धमा मानव अवशेष फेला परेको हो। डीएनको ताजा विश्लेषणमा ती मानव अवशेष तीन फरक मानव समूहको भएको पत्ता लागेको छ।

उनीहरूको मृत्यु १ हजार वर्षको फरकमा दुई लहरमा भएको बताइएको छ। यस खोजले उक्त अस्थिर पन्जर तालको रहस्य झन् गहिरिएको छ।

वैज्ञानिकहरूलाई अहिलेसम्म के थाहा छैन भने, केले मृत्यु भएकाहरू त्यहाँ समाधिष्ठ गरिएका हुन्। भारतीय हिमालयमा १६ हजार ५ सय फिट उचाइएको उक्त सानो जलाशयले ‘स्केलेटन लेक’को उपनाम पाइसकेको छ।

औपचारिक रूपकुण्ड ताल नाम पाएका १ सय ३५ फिटभन्दा कम व्यासको उक्त हिमकुण्डमा ८ मानव शरीरको अन्तिम विश्रामस्थल बन्यो।

ग्रीष्ममा जब तालको एक हिस्सा पग्लिन्छ, छरिएका अस्थिरपन्जर अवशेष सतहमा तैरिरहेको देखिन्छ। ती हाडहरू किनारामा आउँछन्, तीमध्ये केहीमा अझै रौं र मासु टाँस्सिएका देखिन्छन्। केही सक्रिय आगन्तुकहरूले केही अवशेष थुप्रो बनाई धार्मिकस्थल बनाएका छन्।

वैज्ञनिकहरू तिनीहरूको मृत्यु कसरी भयो भन्नेमा यकिन हुन सकेका छैनन्। सन् १९४२ मा एक बेलायती गार्डले उक्त तलाउ पत्ता लगाएका थिए।

वैज्ञानिकहरूले ती अस्थिरपन्जर दोस्रो विश्वयुद्धमा मारिएकाको होइन भन्ने निष्कर्षमा पुगिसकेका छन्। किनभने ती हाडहरू धेरै पुराना थिए। ती व्यक्ति उक्त स्थानमा आएर किन र कसरी नष्ट भए भन्ने विषयमा कुनै यथोचित कारण भेटिएको छैन।

गत महिना ३८ अस्थिरपन्जरको डीएनए विश्लेषणबाट उक्त तालका बारेमा नयाँ तहको रहस्य थपिएको छ। यस परीक्षणमा ती अस्थिरपन्जर तीन फरक आणुवंशिक समूहका भएको र उनीहरूको मृत्यु १ हजार वर्षको फरकमा कम्तीमा दुई लहरमा भएको थाहा भएको छ।

नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित उक्त विश्लेषणमा अनुसन्धानकर्ताको टोलीले तिघ्राका हाड र माथिल्लो पाखुराका हाडजस्ता लामो हाडमा प्वाल पारी हाडका धुलोबाट डीएनए निकालेका थिए।

उनीहरूले जाँच गरेका ३८ हाडमध्ये २३ वटा अहिलेको भारतका मानिसको भएको, १४ वटा पूर्वी भूमध्यरेखीय टापुहरू क्रेट र ग्रिसका मानिससँग धेरै नै नजिकको सम्बन्ध रहेको र १ को दक्षिणपूर्वी एसियाली पुर्खासँग जोडिएको पत्ता लागेको थियो।

हाडका आकार र स्वरूपले उक्त खोजको पुष्टि गरेको छ। केही हाड धेरै बलिष्ठ र अग्ला मान्छेका हुन् भने केही दुब्लोपातलो वा अग्ला मान्छेको भएको लेखमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्