बस खस्यो



न्युयोर्क, (एजेन्सी)।अमेरिकाको युताह राज्यमा चिनियाँ पर्यटक बोक्दै गइरहेको एउटा बस दुर्घटना हुँदा कम्तीमा चार जनाको ज्यान जानुका साथै अन्य पाँच जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

ब्राइस क्यान्योन नेसनल पार्कनजिकको एउटा सडकबाट खसेको सो बस एउटा रेलमा गएर ठोकिएको बताइएको छ। कुल ३१ जना सवार सो बस दुर्घटना हुनुका कारण पत्ता लगाउन छानबिन शुरू भइसकेको बताइएको छ।

करिब ५ हजार बासिन्दा रहेको यस सानो काउन्टीमा दुर्घटना भएको खबर पाउनासाथ प्रहरीले एम्बुलेन्सहरू र तीनवटा हेलिकोप्टर परिचालन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्