आँखा शिविरमा २८३ जनाको जाँच, ६४ जनाको निशुल्क शल्यकृया



सरस्वती न्यौपाने ।रसुवाको कालिका स्थानमा असोज ३ र ४ गते आँखा शिविर सन्चालन भै २८३ जनाको चेक जाँच गरीनुको साथै ६४ जनाको निशुल्क शल्यकृया गरिएको छ ।

जिल्ला सामुदायिक आँखा केन्द्र रसुवा तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाण्डौ नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रसुवाको आयोजनामा कालिका युवा क्लवका सहयोगमा असोज ३ र ४ गते दुई दिने शल्यकृया सहितको आँखा जाँच गरिएको थियो ।


सामुदायिक आँखा केन्द्र रसुवाका प्रमुख सुपेन्द्र ताम्राकारका अनुसार सल्यकृया शिविरलाई लक्षित गरी रसुवाको चिलिमे, गोल्जुङ, गत्लाङ, खाम्जिङ, स्याफ्रुवेशी, पलेप जिवजिवे, भोर्ले, पारच्याङ, कर्मीडाँडा र ठुुलोगाउँ, समेत निशुल्क आँखा शिविरमा १६५० जनाको चेक जाँच गरी १ सय २१ जना मोतिविन्दुका विरामीलाई शैल्यकृयाको लागी सिफारिस गरिएको बताए ।

२०६३ सालमा स्थापना भएको यस आँखा केन्द्रले हरेक वर्ष यस्ता शिविर जिल्ला भित्रका कुना काप्चामा रहेका आम नागरिक लाई सेवा प्रदान गर्न सन्चालन गरिरहेको छ ।

नागरिक समाजका अध्यक्ष एवम रेडक्रस सभापति बाबुलाल तामाङले भने समय समयमा यस्तो शिविर हुनुपर्छ भौगोलिक हिसावले आँखा केन्द्र सम्म आउन नसक्ने मानिसहरुलाई त्यही ठाउँहरुमा गएर शिविर मार्फत उपचार गर्न पाए राहत मिल्ने र सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्