बझाङ्मा पाँच जना जुवाडे प्रक्राउ



ललित सिंह,चैनपुर।बझाङको जयपृथ्बी नगरपालिका वडानं १० दौलिचौर टोलमा रहेको मान बहादुर बोहरा (पहाडी) को घरमा तास खेलीरहेको अवस्थामा जिल्ला प्हरी कार्यालय बझाङबाट गस्तीमा गएको प्रहरी टोलिले संकाको आधरमा छापा मार्दा जिल्लाका नाम चलेका ५ जना जुवाडे ब्यक्ती सहित दुईलाख १९ हजार, पाँच सय बहत्तर नगद पैसा बरामत गरेको छ ।

आईतबार राती साढे एक बजे तिर जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी गणेश बमको नेतृत्वमा गस्तीमा गएको प्रहरी टोलीले मान बहादुर बोहरा (पहाडी)को घरमा छापा मादाँ पाँच जना जुवाडे तास खेलिरहेको अवस्थामा प्रकाउ गरेको हो ।

प्रकाउँ पनेमा नेकपाका जिल्ला कमिटी सदस्य सुर्मा गाउँपालिका २ घर भएका बर्ष ३८ का सेर बहादुर बोहरा ,सोहि गाउँपालिका १ बस्ने बर्ष ४० को मान बहादुर बोहरा (पहाडी), सोहि गाउँपालिका बस्ने बर्ष २८ का देवचन्द्र बोहरा,र जयपृथ्बी नगरपालिका ८ बस्ने बर्ष ४० को मंगल बोहरा , हुम्ला जिल्ला सिमिकोट गाउँपालिका ३ बस्ने बर्ष ३९का फन्जुङ लामा प्रकाउँ परेका जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी गणेश बमले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार जिल्लामा हुने अनैतिक कार्यहरुलाई नियन्त्रण गर्नको लागी अहिले जिल्ला प्रहरी कार्यालय ले राती गस्गीमा गएर स्टिन्जर अपेसन गदै आएको छ । यी प्रकाउँ परेका पाँचै जना जुवाडेहरुलाई कानुन बमोजिम कावाहि गरिने डिएपी बमले बताए ।

प्रतिक्रिया दिनुहोस्