एकल पुरुषको कहालीलाग्दो कथा



Young man sitting on edge of footbridge at lake. Suffering from life difficulties, broken heart or psychological problems. Dark, gloomy thoughts. Social isolation. Cool autumn time.

सलिम अन्सारी, प्यूठान। प्यूठान नगरपालिका–५ धाइरे गाउँमा एउटा टिनले छाएको झुपडी छ। बाँसले बारेर बनाइएको त्यो झुपडीभित्र हेर्दा न लिपपोत छ, नत पकाएर खाने भाँडाकुँडा, नत अन्नपात नै, छ त केबल गुन्द्रीमाथि
राखेको एकसेट कपडा छ।

त्यही झुपडीमा ५१ वर्षीय डनबहादुर पुनको एक्लो दैनिकी बितिरहेको छ। भोक लाग्दा खान दिने र बोल्न मन लाग्दा बोली मिसाउने मान्छे छैनन्। एक्लो डने गाउँबासीले बनाइदिएको सुनसान छाप्रोमा अभावको जिन्दगी गुजार्दै छन्।

‘दुई–तिन पटक विहे गरे तर, श्रीमती टिक्दैनन् छोरा बुहारीले पनि छुट्टाएर फाले अनि यही बुकुरो (छाप्रो) मा बस्दै आएको छु।’ विगत सम्झिँदै उनी भन्छन– ‘दुई वर्षदेखि छोरा बुहारीसँग छुट्टै बस्दै आएको छु।’

आफूले कमाउने बेलासम्मको लगानी छोराछोरीमाथि खन्याए पनि बुढेसकालमा एक्लीएर बेवारिसे जस्तै बन्नुपरेको पुनले दुखेसो पोखे। ‘हात पाखुरा चलेसम्म त काम गरेर पनि खान्छु’ –गहभरी आशु ल्याउँदै उनले भने– ‘अब काम गर्ने उमेर ढल्किँदै छ, न ओत लाग्ने छानो छ, नत बस्ने खानेको टुंगो।’

बस्नको लागि घरसम्म भएपनि अझै केही समय त काम गरेर पनि खान सक्ने उनले बताए। परिवारले न माया दिए साथ तर डनेलाई कुकुरको न्यानो साथ छ। यही कुकुरले उनको परिवार बिर्साइदिएको छ।

छिमेकी छविलाल पुनले परिवारले बेवास्था गर्दा उनको दैनिकी संकटमा परेको बताए। दिनभरको ज्यालाले खाना खाने र सडक पेटी बस्ने गरेको छिमेकी बताउछन्।

डनबहादुरलाई वडाबाट जस्तापाता भन्दा केही सहयोग गर्न नसकेको वडा अध्यक्ष लछुमन भण्डारीले बताए। ‘कतैबाट सहयोग जुटाएर घरसम्म बनाइदिन पाए हुन्थ्यो, उनले भने,‘पेटपाल्न त आफै काम गरेर पनि सक्छन्।’ यता प्यूठान नगरपालिकाका उपमेयर शान्ता आचार्यले पनि अभियान चलाएर भएपनि घर बनाइदिनुपर्ने बताइन।

प्रतिक्रिया दिनुहोस्