देगु तलेजुको पुनिर्निर्माण दशैंलगत्तै



a;Gtk’/ b/af/ If]qsf] k’gMlgdf{0f e”sDkaf6 Ifltu|it a;Gtk’/ b/af/ If]qsf] k’gMlgdf{0f sfo{df h’6b} sfdbf/ . tl:a/ M /Tg >]i7, /f;;

ललितपुर, (नेस)।पाटन दरबार क्षेत्रमा अवस्थित देगु तलेजु मन्दिरको पुनर्निर्माण दशैंलगत्तै शुरू हुने भएको छ।
उक्त मन्दिरको पुनर्निर्माण गर्न किरण प्रधानको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको ललितपुर महानगरका प्रवक्ता राजु महर्र्जनले बताउनुभयो।

ऐतिहासिक महत्वको उक्त मन्दिर निर्माणको लागि नेपाल सरकारले पाँच महिनाअघि टेन्डर आह्वान गरेको थियो। सम्पदा टेन्डरमार्फत निर्माण गर्दा गुणस्तरीयता कायम हुन नसक्ने भन्दै ललितपुर महानगरले टेन्डर फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेको थियो।

महानगरले प्रधानमन्त्रीलाई पत्र लेखेलगत्तै सरकारले टेन्डर फिर्ता लिइएको महानगरका प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो। सम्पदा जोगाउन सरकारले गरेको यो निर्णय सकारात्मक भएको उहाँले बताउनुभयो।

महानगरका प्रमुख चिरिबाबु महर्जनले टेन्डर प्रक्रियाबाट सम्पदा पुनर्निर्माण गरिए ती सम्पदा कुरूप बन्ने भन्दै टेन्डरको विकल्प खोज्न पर्ने बताउँदै आउनुभएको छ। सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत टेन्डर गर्दा कम बोलकबोलकर्तालाई कामको जिम्मा दिनुपर्ने हुन्छ।

कम बोलकबोल गर्नेको क्षमता र योग्यतालाई हेरिँदैन। प्रमुख महर्जनले भन्नुभयो– ‘उनीहरूलाई सम्पदा निर्माणका लागि आवश्यक पर्ने सामग्रीका बारेमा केही थाहा हुँदैन, योग्यता पनि नहुन सक्छ।’ महानगरका सम्पदा सल्लाहकार डा. रोहित रञ्जितकारले दशैंलगत्तै काम थाल्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्