करिश्मा मानार्थ मिसेस नेपाल इन्टरनेसनल भाविषालाई उपाधि



रिवन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बीच आयोजना गर्दै आएको नेपालकै ठूलो सौन्दर्य प्रतियोगिता सन्तुर मिसेस नेपाल इन्टरनेसनल–२०१९ मा अभिनेतृ करिश्मा मानन्धरलाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेसनल उपाधिद्वारा सम्मानित गरिएको छ भने गैरसरकारी संस्थामा कार्यरत महेन्द्रनगरकी स्नाकोत्तरकी विद्यार्थी भाविषा कोइराला चटौत पाँचौं मिसेस नेपाल इन्टरनेसनलको उपाधि चुम्न सफल भएकी छिन्।

शनिबार अबेर राति राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्य समारोहबीच सम्पन्न प्रतियोगिता अभिनेतृ मानन्धरलाई क्राउन र मानार्थ मिसेस नेपाल इन्टरनेसनलको स्यास पहिराउँदै शुरू गरिएको थियो।

तस्वीर ः रंगराज आचार्य

समारोहमा पूर्वप्रधानसेनापति रुक्मागंत कटुवाल र अभिनेता राजेश हमालले अभिनेतृ मानन्धरलाई क्राउन र स्यास पहिराइदिएका थिए।

समारोहमा प्रतियोगिता पाँचौं वर्षमा पुगेको अवसरमा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरी, शिक्षाविद् पूर्ण लामा, गायक सीताराम पोखरेल र मिस नेपालका आयोजक गोपाल सुन्दरलाल कक्षपतिलाई रिवन अनर अवार्डबाट सम्मानित गरिएको थियो।

विभिन्न पेसामा आबद्ध ३० विवाहित महिलाका बीच सम्पन्न प्रतियोगितामा विजयी भएबापत भाविषालाई स्कुटर पुरस्कार प्रदान गरिएको छ।

भाविषा फेसन आइकन पनि भएकी छिन्। प्रतियोगितामा महोत्तरीकी स्त्रीरोग विशेषज्ञ डा. रंगिना लाइकंग्बम एमएस नेपाल इन्टरनेसनल–२०१९ भएकी छिन्।

उनले लेडी विथ कम्प्यासनको उपाधिलाई पनि आफ्नो बनाइन्। भाविषा र रंगिनाले उपाधि जितेबापत सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।

पूर्वप्रधानसेनापति रुक्मांगद कटुवाल प्रमुख निर्णायक तथा मिस नेपालका आयोजक गोपाल सुन्दरलाल कक्षपति, अभिनेता राजेश हमाल, मिसेस नेपाल इन्टरनेसनल २०१५ सविता लामिछाने, मिस नेपाल–२०१५ इभाना मानन्धर र गायक डा. आभाष लाभ निर्णायक रहेको प्रतियोगितामा रोजिना भट्टराई फस्र्ट रनर्सअप, स्नेहा राउत थापा सेकेन्ड रनर्सअप र बेस्ट पर्सनालिटी, सबनम खरेल थर्ड रनर्सअप र बेस्ट ¥याम्प वाक, शिल्पी गुप्ता फोर्थ रनर्सअप र मेनेजमेन्ट च्वाइस, कुस्मादेवी खाँड मल्ल मस्ट पपुलर र मस्ट फ्रेन्डली तथा आश्मा तामाङ पब्लिक च्वाइस र मस्ट गर्जियस भएका छन्।

अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितमा सुशीला श्रेष्ठ मस्ट क्रियटिभ, सरस्वती बुढाथोकी बेस्ट ग्लोइङ स्किन, रूपा शाह बेस्ट हेयर, इन्दिरा रानाभाट ब्युटिफुल स्माइल, सन्ध्या घिमिरे मल्टी मिडिया च्वाइस, एलिजा महत युट्युब बेस्ट भ्युज, सिर्जना पाण्डे मस्ट ट्यालेन्टेड, प्रतीमा ज्ञवाली म्यानेजमेन्ट च्वाइस, बिना जोशी चन्द मस्ट ब्युटिफूल, प्रतीमा मल्ल बेस्ट डान्सर, नम्रता शर्मा मस्ट ऐक्टिभ, सविना चालिसे मिसेस कन्जिनियलिटी, नीरा तामाङ सोसल्ली एक्टिभ, सुशीला भट्ट मिसेस फोटोजेनिक र विमला केसी लेडी विथ पर्पस भएका छन्।

रमाइलो एचडीको सहकार्य र निशुकान्त झाको निर्देशनमा भएको समरोहमा लक्ष्मी थापा श्रेष्ठले नृत्य र मनोहर सुनामले सेक्साफोन वादनबाट मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा प्रतियोगितका सहभागीहरूले ७ प्रदेशको झल्को दिने गरी नृत्य प्रस्तुत गरी सबैको मन जितेका थिए।

 

प्रतिक्रिया दिनुहोस्