प्रदेश १ मा पहिलोपटक कांग्रेसले घेर्यो रोस्टम



विराटनगर, (नेस)।प्रदेश–१ मा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको नाराबाजीका बीच मनमोहन प्राविधिक विश्वविद्यालयको व्यवस्था गर्न बनेको विधेयक प्रदेश संसद्मा पेस भएको छ।

सामाजिक विकास समितिकी सभापति सीता थेवेले प्रतिवेदन बैठकमा पेस गरेकी हुन्। प्रतिवेदनसहित विधेयक पेस भएसँगै सोमबारसम्मका लागि बैठक स्थगित भएको छ।

प्रदेशसभाको बैठकमा पहिलोपल्ट प्रतिपक्ष नेपाली कांग्रेसले रोस्टम घेराउ गरी सरकारविरुद्व नाराबाजी गरेको हो। मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश एकको प्रदेशसभामा बेल घेराउ गर्नुका साथै नाराबाजी गरेको छ।

विधेयक फिर्ता लिन माग गर्दै आएको कांग्रेसले संसद् अवरोधको प्रयास गरेको हो। विधेयकका केही बुँदा संशोधन हुनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको कांग्रेसले विधेयक फिर्ता हुनुपर्ने भन्दै सभामुख प्रदीपकुमार भण्डारीलाई सम्बोधन गरी निवेदन दर्ता गराएको थियो।

यसअघि मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै आएको प्रमुख विपक्षी कांग्रेसले यसबारे प्रदेश एकका सभामुखलाई लिखित ध्यानाकर्षण गराएको छ।

विधेयकका केही बुँदा संशोधन हुनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको कांग्रेसले विधेयक फिर्ता हुनुपर्ने भन्दै सभामुख प्रदीपकुमार भण्डारीलाई सम्बोधन गरी निवेदन दर्ता गराएको थियो।

कांग्रेस प्रमुख सचेतक केदार कार्कीले आइतबार प्रदेशसभामा निवेदन दर्ता गराएको जानकारी दिँदै कांग्रेसले बोर्ड अफ गर्भनर्सको काम, कर्तव्य, अधिकार र संरक्षण समितिको विषयमा आपत्ति जनाएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्