जनकल्याण माविमा कक्षा ११ सञ्चालन



म्याग्दी, (नस)। जनकल्याण माध्यमिक विद्यालय पुलाचौरमा आइतबारदेखि औपचारिकरूपमा कक्षा ११ को अध्ययन तथा अध्यापन शुभारम्भ भएको छ।

बेनी नगरपालिका–५ पुलाचौरमा सञ्चालित जनकल्याण माविमा शिक्षा संकायतर्फ कक्षा ११ को पढाइ शुरू गरिएको हो।कार्यक्रममा कक्षा ११ का नवआगन्तुक २४ जना विद्यार्थीलाई अबिर तथा फूलमाला लगाएर स्वागत गरिएको छ।

तत्कालीन प्रस्तावित माविका रूपमा रहेको विद्यालयले माविको स्वीकृति प्राप्त गरेको केही समयको अन्तरालपछि अहिले कक्षा ११ सञ्चालन गरेको विद्यालयले जनाएको छ। गाउँमै उच्च शिक्षा अध्ययन गर्न पाएपछि नवआगन्तुक विद्यार्थी उत्साहित बनेका छन्।

कार्यक्रमको अवसरमा विद्यालयका भूतपूर्व विद्यार्थी एवं पुलाचौर समाज काठमाडौंका कोषाध्यक्ष गोपाल बानियाँले आफूले यसै विद्यालयबाट अक्षर आरम्भ गरेको भन्दै नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपियाँ सहयोग गरेका छन्।

आफ्नो गाउँठाउँको विद्यालयलाई भूपू विद्यार्थीको नाताले सहयोग गर्न पाउँदा आफूलाई निकै नै खुसी लागेको उनले बताए।

हालसम्म सबैभन्दा धेरै सहयोग गर्नेमा सर्वोत्कृष्ट दानवीर बनेका भूपू विद्यार्थी बानियाँ विद्यालयको मानार्थ सदस्यसमेत बनेका छन्।

प्रतिक्रिया दिनुहोस्