विप्लवद्वारा वडा कार्यालयमा आगजनी



चैनपुर, बझाङ, (नेस)। बझाङको केदारस्युँ गाउँपालिका–७ मा विप्लव समूहद्वारा आगजनी गरेको छ। शनिबार राति करिब १२ बजेतिर आजनी भएको केदारस्युँ गाउँपालिका–७ का अध्यक्ष प्रेमबहादुर धामीले बताउनुभयो।

महादेव निमावि भामचौरको विद्यालयमा दुईकोठे भवन वडा कार्यालयले भाडामा लिई मासिक ४ हजार भाडा तिर्दै आएको छ।

वडा कार्यालयको भित्र कोठाबाट अफिसका सम्पूर्ण आवश्यक कागजातसहित एक थान कम्प्युट, एक थान ल्याप्टप, फोटोकपी मेसिन, सोफासेट, ३५ वटा प्लास्टिक कुर्ची र फर्निचर, वडा कार्यालयबाट बाहिर निकालेर आगो लगाइएको बताइएको छ।

‘महिनाअगाडि विप्लव समूहका न्याउलो धामी (नरेन्द्र भनेर चिनिने सोही गाउँ बस्ने विप्लव समूहमा आबद्ध) नामक व्यक्तिले अब एक वडाबाट १ लाख चन्दा दिनुपर्छ भनेका थिए।

हामीसँग पैसा छैन कहाँबाट दिन यत्रो ठूलो रकम भनेर भनेका थियौं।’ –वडाअध्यक्ष धामीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्