जानी–जानी दुर्घटना गरे जन्मकैद



विराटनगर, (नेस)। प्रदेश नं. १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ।

प्रदेशसभाको भदौ २६ गते बसेको बजेट अधिवेशनको ४८औं बैठकले विधेयक सर्वसम्मत पारित गरेको थियो।प्रमाणीकरणका लागि आएको विधेयक संविधानको धारा २०१ बमोजिम तुम्बाहाङले प्रमाणीकरण गरेको प्रदेश प्रमुखका प्रेस सल्लाहार सल्लाहाकार शेखर रेग्मीले जानकारी दिनुभयो।

हालसम्म सवारी विधेयकसहित प्रामाणीकरण भएका विधेयकको संख्या ४१ पुगेको छ।विधेयक प्रमाणीकरण भए पनि राजपत्रमा प्रकाशित भएपछि मात्र लागू हुने भनिएको छ।

१ सय ८१ दफा र ७ अनुसूची रहेको विधेयकमा चालक अनुमतिपत्र, नवीकरण, सवारी दर्ता, नामसारीलाई व्यवस्थित, मर्यादित, अनुशासित गरी सञ्चालन र नियमन गर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्