सडक बढाउने सहमति



काठमाडौं, (नेस)। काठमाडौंको रविभवनबाट सन्तोषी माताको मन्दिरतर्फ ओरालो सडकको मुख फराकिलो हुनेभएको छ। मुख फराकिलो बनाउने बिषयमा बिगत ७ बर्ष अघिदेखि विवाद कायमै थियो।

विवादसँग जोडिएका जग्गाधनी सुरेशलाल श्रेष्ठ सडकका लागि जग्गा दिन सहमत भएपछि बिवाद समाधान भएको हो।

समस्या समाधानको प्रयास सुनाउँदै वडाध्यक्ष शोभा सापकोटाले वडाको अनुरोध मानेर जग्गाधनीले ८ स्क्वायर फिट जग्गा सडकलाई छोडिदिएको बताउनुभयो।

आइतबार बिहान वडाध्यक्षसहित स्थानीय सरोकारवाला भेला भएर बिस्तार हुने सडकको जग्गामा चिनो लगाएका छन्। मुल सडकबाट तलतिर जानका लागि पहिले ३ फिटे गल्ली थियो। सबैलाई मनाउँदै अहिले शाखा सडक फराकिलो बन्दै गएको वडाध्यक्ष सापकोटा भन्नुभयो– सडक ११ फिटे भयो, मुख १६ फिटे।

अब मुल सडकबाट भित्र जान र भित्रबाट मुल सडकमा निस्कन समस्या छैन।रविभवनबाट ज्ञानोदय स्कूलतर्फको यो शाखा सडकलाई कलंकी र बाफलतर्फ जान बैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्