हेरौं कला को कला



न्युज अफ नेपाल, काठमाडौं ।
चर्चित लोक गायिका कला लम्सालले बिभिन्न समयमा बिभिन्न कला भरिएका गितहरु ल्याउने गरेकी छन् ।

नेपाली मौलिक परम्परासँग निकै नजिक भएर गायन क्षेत्रमा राम्रो भुमिका निर्बाह गर्दै आएकी कलाले यस पटक पनि नयाँ गित सार्वजनिक गरेकी हुन् ।

चर्चित गायक बद्री पंगेनी र कला लम्सालको सुमधुर स्वरमा ‘धानको चामल बोलको नयाँ लोकदोहोरी गित सार्वजनिक भएको हो । यस गीतमा रमेश बिजीको शब्द र तिलक ओलीको संगीत रहेको छ ।

यस गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका चर्चित नायक निखिल उप्रेती नाचेका छन् । उनीसंगै कला लम्सालको पनि दमदार अभिनय रहेको छ । भिडियोमा अरुण अशोक कुमारको छायाकंन ,मिलन विश्वकर्माको सम्पादन र शिव विकको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।
भिडियो हेर्न तलको लिंक खोल्नुस

 

प्रतिक्रिया दिनुहोस्