साढे आठ लाख मूल्य बराबरको गुटखासहित एक थान पिकअप भ्यान पक्राउ



न्युज अफ नेपाल,  सर्लाही । सशस्त्र प्रहरी बल सर्लाहीले आज साढे आठ लाख मूल्य बराबरको सुर्तीजन्य गुटखासहित एक थान पिकअप भ्यान पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गण १० हेडक्वार्टर कविलासी सर्लाहीले नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको ना२च ५९७८ नंको पिकअप भ्यानलाई कविलासी नगरपालिका–८ अगर्वा चौकमा चेकजाँच गर्दा सुर्तीजन्य गुटखा पक्राउ गरेको हो । विशेष सुराकीका अधारमा प्रहरी नायब निरीक्षक प्रमोदकुमार सिंहको टोलीले गुटखा बरामद गरेको हो । बरामद गरिएको गुटखाको भ्याट बिलअनुसार मूल्य आठ लाख ३९ हजार ४४८ रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

गुटखामा क्यान्सरको चित्र देखिने गरी तस्बिरमा ९० प्रतिशत स्वास्थ्य चेतावनी लेखिएको हुनुपर्नेमा ४० प्रतिशत मात्र स्वास्थ्यसम्बन्धी चेतावनी लेखिएको गुटखासहित पिकअप भ्यान पक्राउ सर्लाहीका प्रजिअ मोहनबहादुर जिसीले जानकारी दिनुभयो । कपिलवस्तुको चन्द्रहौटामा बनेको गुटखा ‘सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन २०६८’ अनुसार नियन्त्रणमा लिएको प्रजिअ जिसीले बताउनुभयो ।

आवश्यक कारवाहीका लागि गुटखा जिल्ला प्रशासन कार्यालयमा सशस्त्र प्रहरीले बुझाएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्