‘चिनियाँ शक्तिशाली बनेको ७० वर्षमा केके गर्याे ?



न्युज अफ नेपाल काठमाडाैं । बेइजिङ चीनले आइतबार नयाँ चीनको मानव अधिकार कार्य विकासको ७० वर्ष नामक स्वेत–पत्र आइतबार जारी गरेको छ ।

चीनको राज्य परिषदको प्रेस कार्यालयद्वारा जारी श्वेत–पत्रमा ७० वर्षअघि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ मुक्ति पाउनुका साथै जनजीवनमा सुधार आएको तथा जनताले मौलिक रूपमा देशलाई सञ्चालन गरेको उल्लेख छ ।

चीनले भनेको छ, “नयाँ चीनको ७० वर्ष चिनियाँ राष्ट्र उभिएर समृद्ध भएदेखि शक्तिशाली बनेको ७० वर्ष हो ।”

“नयाँ चीनको ७० वर्ष चिनियाँ जनताका विभिन्न आधारभूत हकहितको प्रतिदिन संरक्षणको ७० वर्ष हो ।”

नयाँ चीनको ७० वर्ष चीनका अलावा विश्वको मानव अधिकार कार्यको विकासका लागि निरन्तर योगदान पुर्याएको ७० वर्ष पनि भएको पत्रमा उल्लेख छ ।

सो श्वेत–पत्रमा जोड दिँदै उल्लेख गरिएको छ, “हाल महासचिव सी चिन फिङद्वारा मुख्य कार्य मानिएको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको शक्तिशाली नेतृत्वमा चिनियाँ जनताको ‘दुईसय वर्ष’ को लक्ष्य तथा चिनियाँ राष्ट्रको महान पुनःउत्थानसम्बन्धी चिनियाँ सपनालाई पूरा गर्न अथक प्रयास भएको छ ।”

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्