विश्वकर्मा पूजा मनाउँने तर विश्वकर्मा मानवलाई हेला गर्ने किन ?



न्युज अफ नेपाल, लहान । विश्वकर्मा पूजा धुमधामले मनाउँने गरेको छ । एउटा विश्वकर्मा मानवलाई हेला गर्ने । यो कहाँको न्याय हो ? ईलाका प्रशासन कार्यालय लहानका प्रमुख भोजराम खतिवडाले बताए ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण सँघ सिरहाले असोज ४ गते लहानमा आयोजना गरेको अविभेद सम्बन्धि कानुनी खाकाको कार्यान्वयनको अवस्था र सुधारका उपाय सम्बन्धि सम्वाद कार्यक्रममा प्रमुख खतिवडाले छुवाछुत गर्नेलाई समाजबाट बहिष्कार गर्नुपर्ने बताए । उहाँले दलितलाई हेला गरेकोले बलात्कार, शोषण, दमन, दुव्र्यवहार जस्ता तथ्याँक बढेको छ । यसैले छुवाछुत गर्नेलाई जबसम्म बहिष्कार गरिदैन तबसम्म त्यस्ता पिडकको मनोवल खस्दैन् बताए ।

नेपाल पत्रकार महासँघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ताले छुवाछुत चरम रुप लिँदै गएको छ । यसलाई नियन्त्रण गर्न अभियानकर्ताहरुले पूनः छुवाछुत विरुद्धको आन्दोलन गर्नुपर्ने जरुरी रहेको बताए ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण सँघ सिरहाका अध्यक्ष मोहन पासमानका सभाध्यक्षतामा भएको सो कार्यक्रममा इन्सेक प्रतिनिधि दुर्गा परियारले विभेद गर्नेलाई ३ बर्ष कैद र ३० हजार जरिवाना तोकिने कानुन रहेको छ । तर, आजसम्म कसैलाई यो कानुनले छोएको छैन । छुवाछुतका पीडितलाई समाजमा मिलाउँने गरेकोले पिडकको मनोबल कमजोर नहुने गरेकोले यस्ता विभेद बढ्दै गएको बताए । परियारले आजपनि धनगढीमाईमा डोमलाई इनारमा पानी भर्न दिएका छैन । अलगै इनार बनाएर दलितले सम्मान नपाउँने झन हेपिएको ठहर हुन्छ बताए । दलित जनकल्याण युवा क्लबका उमेश विसुन्केले दलितलाई विभिन्न क्षेत्रबाट विभेदमा पारिएको छ । लहान १५ का ७२ बर्षीया मुसहरले तीन पटक नागरिकता बनाउँन गए तर उनको नागरिकता बनेको छैन ।

अधिकारकर्मी रेणु कर्णले छुवाछुतको प्रमाण हुँदैन । छुवाछुत भएको बेला फोटो खिचिदै रेकर्ड गरिदैन । तर, प्रहरी प्रशासनमा न्यायको लागि पुग्दा पीडितसँग प्रमाण खोज्छन् । अनि पीडित झन पिडा खेप्न बाध्य रहेको अवस्था छ उनी बताइन् ।

शान्ति समिति लहानका संयोजक राम अशिष महतोले दलित दलितबीचको विभेद अन्त्य गर्नुपर्छ । यसको लागि सामुहिक कार्यक्रम गर्नुपर्ने जरुरी रहेको बताए । कार्यक्रममा अधिवक्ता मदन साहले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्