साफ यु– १८ फुटबल च्याम्पियनशीपमा भूटानसंग नेपाल ३–० ले पराजित



न्युज अफ नेपाल काठमाडौँ । साफ यु– १८ फुटबल च्याम्पियनशीपमा भूटानसंग नेपाल ३–० ले हार ब्यहोरेको  छ । गृहमैदानमा उपाधिको रक्षा गर्ने लक्ष्यका साथ नेपाल उत्रिएको थियो । तर भूटानसंग नै हारेकाले नेपाल पहिलो चरणबाट नै बाहिरिने लगभग पक्का भएको छ ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा खेल सुरु हुनु अगाडि वर्षाभएपछि खेलमैदान केही गिलो भएपछि खेलका लागि दुबै टोलीलाई सकस परेको थियो ।

खेलको ४० औं मिनेटमा नेपालले पहिलो गोल खान पुगेको थियो । नेपालको रक्षापंक्तिका खेलाडीको कमजोरीको फाइदा उठाउदै भूटानका यासी दोर्जीले गोल गर्न सफल भएका थिए । त्यस्तै खेलको ८६ औं मिनेटमा भूटानले पेनाल्टी मार्फत दोस्रो गोल गर्न सफल बन्यो । भूटानका खेलाडी केल्जाङ जिग्मीले गोल हान्न सफल बनेका हुन् । साथै खेलको इन्ज्योरी समयमा पनि केल्जाङ जिग्मीले नै गोल गर्दै नेपाललाई ३–० ले स्तब्ध बनाए ।

भूटानसँग ३–० ले पराजित भएसँगै साफ यू–१८ फुटबल च्याम्पियनसीपबाट लगभग नेपाल बाहिरिएको छ । खेलको २९ औं मिनेट र ३९ औं मिनेटमा नेपालले गोल गर्ने राम्रो अवसर पाएपनि गोल गर्न भने चुकेको थियो ।

उता अर्को खेलमा बंगलादेशले विजयी सुरुवात गर्दा समुह चरणको पहिलो खेलमा श्रीलंकालाई तीन शून्यको अन्तरले नै हराएको छ ।

प्रतिक्रिया दिनुहोस्