दाइलाई खुकुरी हानी भाई झुण्डिएर आत्महत्या



न्युज अफ नेपाल, इलाम । इलामको सन्दकपुर गाउँपालिका-१ माइपोखरी बन्दुकेका भाईले दाजुलाई खुकुरी प्रहार गरि आफै आत्महत्या गरेका छन् ।

४५ वर्षीय भाइ बुद्ध राईले ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफु झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

भाइको खुकुरी प्रहारबाट शरीरका विभिन्न भागमा चोटपटक लागेका उनी गम्भीर घाइते भएका छन् ।

इलाम अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागी उनलाई झापा रिफर गरिएको छ ।

घटना के कारणले भयो भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्